सभामुख पदबाट राजीनामा दिएका महरालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

बिएल

संसद सचिवालयमा कार्यरत महिलाको डेरामा गएर जबरजस्ती करणी गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्दै  प्रदर्शन गरिएको छ।

मंगलबार दिउँसो काठमाडौंको माइतीघर मण्डलमा जम्मा भएका प्रदर्शनकारीले महरालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाउन माग गरिएको हो। 

महरामाथि चौतर्फी दबाब आएपछि  उनले बुधबार उपसभामुख डा.शिवमाया तुम्बाहाङफेसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

प्रकाशित मिति: : 2019-10-01 16:44:17

प्रतिकृया दिनुहोस्