सम्माननीय सभामुख महरा जिम्मेवारीमा फेरि फर्किनुहुनेछ: प्रेस सल्लाहकार

फाइल तस्बिर

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले नैतिकताको आधारमा पदबाट राजिनामा दिएका महरा सभामुखको जिम्मेवारीमा फर्कने बताएका छन् ।

सल्लाहकार मल्लले मंगलबार सामाजिक संजाल सञ्जालमार्फत अनुसन्धान र छानविन प्रक्रिया, निष्पक्ष, स्वतन्त्र र सत्यतथ्य रुपमा होस् भनेर छानविन अवधिसम्मका लागि मात्रै राजीनामा दिएको बताए ।

'राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुसी हुनुपर्ने जरुरी छैन ।,' उनले लेखेका छन्, 'यी सबै कपोलकल्पित र भ्रामक आरोपहरुबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ ।'

सभामुखको विषयमा आएका समाचारको मल्लले सोमबारै विज्ञप्तिमार्फत खण्डन गरेका थिए ।

राजीनामा पत्रमा ठूलो प्रश्न चिन्ह

बलात्कार आरोपमा मुछिएपछि मंगलबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले महरालाई सभामुख र सांसदबाट राजीनामा दिन भनेको थियो। उनले नेकपाकै सल्लाह अनुसार निवासबाट राजीनामापत्र जारी गरे। महराले राजीनामा पत्रमा उनले केबाट राजीनामा दिएका हुन् भन्ने अस्पष्ट छ।

राजीनामा पत्रमा उनले के पदबाट राजीनामा दिएको खुलाएका छैनन्। सभामुखको लेटर प्याड भएकाले सभामुखबाट राजीनामा दिएको स्वतः बुझिन्छ। तर सांसदबाट भने उनले राजीनामा दिएका छैनन्। पत्रमा सांसदबाट राजीनामा दिएको कहिँकतै उल्लेख छैन।

महरा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ–२ बाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2019-10-01 15:06:14

प्रतिकृया दिनुहोस्