निजी गुठीमाथि हस्तक्षेप नगर्ने मन्त्री अर्यालको आश्वासन : खुल्ला त गुठी को गुत्थी?

तस्बिरः पहिलोपोस्ट

 सरकारले गत जेठ महिनामा राष्ट्रिय सभामा दर्ता गराएको 'गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक' का कारण काठमाडौं उपत्यका आन्दोलित बन्यो। नेपालभर नेवार समुदाय रहेका जिल्लाहरु समेत विरोधमा उत्रिए।

कारण थियो – गुठीको परिभाषा र गुठियारहरुको अधिकार स्वत: समाप्त हुने निजी गुठीमाथि विधेयक मार्फत् हस्तक्षेप गर्ने प्रयास।

सरकारले ल्याएको विधेयकमा गुठीलाई जग्गाका रुपमा मात्रै ब्याख्या गरिएको आवाज उठ्यो। विधेयकले काठमाडौं उपत्यका र विशेष गरी नेवार समुदाय नै प्रभावित हुने गरी संचालनमा रहेको निजी गुठी सार्वजनिक गर्ने प्रावधान विधेयकमा थियो।

प्रकाशित मिति: : 2019-12-06 11:52:52

प्रतिकृया दिनुहोस्