मिडियाले पूर्ण रुपमा नेताहरुको चाकडी गर्न बन्द गर्नुपर्छः अध्यक्ष भट्टराई

बिएल

काठमाडौँ । संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद् ले लोकतन्त्रलाई बुलन्द बनाउन मिडियाको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।मिडियाले ध्वंसात्मक नभई आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

मङ्गलबार गोरखा पत्रकार मञ्चले राजधानीमा आयोजना गरेको बडादसैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विकृत मानसिकतालाई कलमको माध्यमबाट नियन्त्रण गर्नुपर्ने बताए । मिडियाले कसैलाई पनि जोगाउनतिर लाग्न नहुने समेत भट्टराईले बताए ।

अध्यक्ष भट्टराईले भने, ‘विकृति, भ्रष्टाचार जस्ता कार्यलाई मिडियाले पूर्ण निस्तेज बनाउन लाग्नुपर्छ । चाकडीको काम बन्द गर्नुपर्छ ।’

मिडियाहरुलाई स्वतन्त्रताको नाममा अराजकता नफैलाउन भट्टराईले आग्रह गरे । उनले भने, ‘समाजलाई खलबल्याउने काम जसले गर्छ, त्यसलाई पत्रकारिताको मार्फत उजागर गर्नु पत्रकार साथीहरुको कर्तव्य हो ।

गोरखाको संस्कृति र इतिहास झल्काउनको लागि गोरखाली रबर उद्योग, गोरखा दरबार, कनकामना हुँदै भीमसेन थापाको जन्मस्थलसम्म पर्यटकीय सर्किट बनाउनतर्फ राज्यको ध्यानकर्षण गर्न पत्रकारहरुले पहल गर्नुपर्ने भट्टराईले बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारी, मञ्चका प्रेस सल्लाहकार सुशील अर्याल, राम्जी दाहाललगायतले बोलेका थिए ।

प्रकाशित मिति: : 2019-10-01 11:59:45

प्रतिकृया दिनुहोस्