अन्योलमै पार्टी एकीकरणका डेढ वर्ष, अझै एमाले र माओवादीको बैंक–खाता छुट्टाछुट्टै

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको डेढ वर्ष बितिसक्दा पनि बैंक–खाता अझै एक हुन सकेको छैन।

पार्टी सदस्यता, सांसद तथा मन्त्रीहरूले पार्टीलाई बुझाउने शुल्क अझै पनि तत्कालीन माओवादी र एमालेका अलग–अलग बैंक खातामा जम्मा भइरहेका छन्।

‘अलगअलग बैंक खातामा शुल्क जम्मा भइरहन दिनुहुँदैन, एउटै खाता बनाउनुपर्छ भन्ने थियो। तर, अझै त्यसो हुन सकेको छैन,’ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, ‘अब चाहिँ एक गर्नैपर्ने हुन्छ।’ उनका अनुसार त्यसबारेमा पार्टीमा पटकपटक छलफल भए पनि कार्यान्वयन हुन सकिरहेको छैन।’

तत्कालीन माओवादी केन्द्रतर्फको रकम एभरेष्ट बैंक र ग्लोबल आइएमई बैंकको खातामा जम्मा हुँदै आएको छ, जुन खाता हरिबोल गजुरेल, तत्कालीन मुख्य सचिव प्रल्हाद बुढाथोकी र लेखापालसहित तीनजनामध्ये दुईजनाको हस्ताक्षरबाट सञ्चालन भइरहेको छ।

प्रकाशित मिति: : 2019-12-04 17:25:18

प्रतिकृया दिनुहोस्