चितवनमा ‘प्रचण्डका छोरा’को यो कन्तबिजोग

रुणाले राम्रोसँग सुकाएको भूरा माछा मसिनो हुने बनाएर पिसिन्। ठूलो लोहोरो मज्जाले घुमाउँदै लसुन र हरियो खुर्सानी पनि मसिनो हुने गरी पिसिन्। सिलौटो भरि चटनी तयार भयो।

जुठेल्नो पल्तिरको बोटबाट टिपेको खुर्सानी देख्दैमा पिरो लाग्थ्यो। चटनीलाई कचौरामा हालिन्। सिलौटो सिनित्त पारेर सोहोरिन् र कचौरा लिएर भित्र पसिन्। नारायणी नदीको किनारको बस्ती, बर्दाहा जंगलको आडमा छ, अरुणा माझी मुसहर बस्ने घर । चितवनको भरतपुर महानगरपालिका २८, दद्रहनीको यो घरमा बेलुकाको खाना तयार भएको थियो। दिनभरि लगाएर मारेको केही माछा लिएर साझापुर बेच्न जानु अरुणाकी हजुरआमाको नियमित धन्दा बनेको छ। अरुणाका बुवा राजकुमार केही समयपहिले दुर्घटनामा गम्भीर घाइते भएका थिए। निधारमा गम्भीर चोट लागेका राजकुमार ११ दिनको अस्पताल बसाइपछि बल्ल घर फर्किएका थिए।

प्रकाशित मिति: : 2019-11-30 17:30:57

प्रतिकृया दिनुहोस्