यस्तो छ छोरीभन्दा आमा तरुनीको कथा...

नेपाली लोकगीत सङ्गीतमा कुमार बस्नेतको योगदान धेरै छ । लोकगीत सङ्गीतमा ६ दशकअघि नै स्थापित बस्नेत नाटक हुँदै सङ्गीतको दुनियामा प्रवेश गरेका हुन् । उनी अहिले पनि सक्रिय रूपमा सङ्गीत बजार मूल्याङ्कन गर्छन् । आफ्नो जीवन नेपाली लोकगीत सङ्गीत सङ्कलन र गायनमा बिताएका बस्नेतको ५ दशक अगाडि आएका गीतसङ्गीत अहिले पनि हिट छन् । समाजका विकृति, विसङ्गति लगायत धेरै पक्ष लोकगीतमार्फत मिठासपूर्ण तरिकाले पस्किन माहिर बस्नेत एउटा कालखण्डका आधुनिक पात्रका रूपमा स्थापित छन् ।लोकगीतका कारण उनका लागि कैयौँ युवती मरिहत्ते गर्थे । उनले गाएको गीतसङ्गीतका कारण कतिपयले उनलाई सेक्सी गायकसमेत भने । उमेर ७ दशक नाघिसक्दा पनि जीवनलाई ठाँटले बिताउने बस्नेतका थुप्रै चर्चित गीत छन् । तीमध्ये बस्नेतका १० गीत उनकै शब्दमा ।

प्रकाशित मिति: : 2019-11-30 17:02:03

प्रतिकृया दिनुहोस्