सिद्धबाबाको आश्रममा घीनलाग्दो हर्कत– ब्रोसरमा राखेर पत्रकारलाई नगद !

सुनसरीको चतराधाम निवासी कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी परेको छ । तर, गिरी अहिलेसम्म बिराटनगरस्थित बिराट नर्सिङ होमको दोस्रो तल्लास्थित गाइनो वार्डको ५ नम्बर कोठामा ‘मुटुको समस्या’ भन्दै बसिरहेका छन् । नेपाल प्रहरीले उनलाई सुरक्षा गार्डसमेत उपलब्ध गराउँदै आएको हुनाले उनी भीआइपी अभियुक्त हुन् ।

‘कृष्णदासजी महाराज’ भनेर चिनिने बाबाजीको पहुँच प्रहरीका माथिल्ला अधिकारीहरु, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, नेता अनि शीतलनिवाससम्मै देखिएको छ विगतदेखि नै । 

राष्ट्रपति र सिंगै प्रदेश सरकारलाई चतरामा बोलाउन र नक्शा पास नगरेको भवन राष्ट्रपतिबाट उदघाटन गराउन सक्ने ल्याकत भएका बाबाजीविरुद्ध बलात्कारको अभियोग दर्ता भएपछि यसबारे स्थलगत रुपमा बुझ्न हामी शुक्रबार चतरास्थित सिद्धबाबाको १२८ कोठे नवनिर्मित आश्रममा पुग्यौं ।

बाबाजीको यो आलिशान आश्रम सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको स्थानीयले बारम्बार गुनासो गर्दै आइरहे पनि सत्ताको आडमा नियम मिच्नेमाथि कुनै कारवाही हुन सकेको छैन । मुख्यमन्त्री शेरधन राईले नै ‘म कृष्णदासजी महाराजबाट प्रभावित भएँ’ भनिसकेपछि उनलाई अहिलेसम्म कसैले छुन सकेको छैन ।’

प्रकाशित मिति: : 2019-11-30 11:05:03

प्रतिकृया दिनुहोस्