सबैले सोध्छन् तपाईं किन सिंगल- निरुता सिंह

निरुता सिंह। तस्बिरः कुशल राई

अभिनेत्री निरुता सिंहका पछिल्ला केही महिना घोर निराशामा बिते। डेंगीले थलिएकी उनी हरेक दिन सोच्थिन् रे, 'रोगैले मर्छु, मरिनँ भने पनि सुसाइड गर्छु।' एक महिना अस्पताल र तीन महिना घरमा आरामपछि भर्खरै तंग्रेकी निरुतासँग गत साता वीरगञ्जमा भेट भयो। यही ठाउँमा १५ वर्षअघि निरुता भोजपुरी सिनेमाको 'कब होई मिलनवा हमार' छायांकनका लागि आएकी थिइन्।

अचेल मुम्बई बस्दै आएकी उनी अभिनय वा कुनै कार्यक्रमको सन्दर्भ मिलाएर नेपाल आउँछिन्। यसपटक 'नेपाली चलचित्रको स्वर्णिम महोत्सव'मा सहभागी हुन बलिउड अभिनेता गोविन्दासँगै वीरगञ्ज आइपुगेकी थिइन्।

प्रकाशित मिति: : 2019-11-15 08:08:32

प्रतिकृया दिनुहोस्