मध्य ठमेलमा झुल्किएको त्यो भयानक आकृति

काठमाडौं, कात्तिक २६ : एक सय जना कलाकार हरेक दिन ठूलो शरीर भएको एउटा जीवको वरिपरि झुम्मिरहेको भेटिन्छन्। सात फिट उचाई र ६ फिट चौडाई भएको त्यो जीवको मूर्तिमा उनीहरू आफ्नो भाव खोज्दै हराइरहेका हुन्छन्।

मध्य ठमेलमा हिड्ने बालबालिकादेखि बृद्धसम्म याे भीमकाय आकृतिमा झल्किएकाे अवोधपन देखेर नजिक पुगी सुम्सुम्याउँछन्। अनि हर्षित हुँदै ठिङग उभिएर सेल्फी लिन्छन्।

टाउकोमा कपालको जुरो, बुद्वको जस्ता आँखा, ठूलो नाक, भुक्क उठेको दाह्री, दुवै  पाउँ र हात जोडी ज्ञानी भएर बसिरहन्छ। वरिष्ठ कलाकार किरण मानन्धर अनेक प्रकारको रङ्गले शिरदेखि पाउँसम्म रङ्गाउँछ। अर्का कलाकार आङछिरिङ शेर्पा रंग लगाउँछन्। नजिकै रहेका बत्स गोपाल वैद्य सोच्दै, केही थप्छन्। केही दिनदेखि यो क्रम चलिरहेको छ।
उसको उपस्थितिले कलाकारहरू आफुमा पूर्णताको आभास महसुस गर्न थालेको बताउँछन्। किनकि उसको साथमा अब उनीहरूको कला पनि जोडिएको छ।

प्रकाशित मिति: : 2019-11-13 08:53:25

प्रतिकृया दिनुहोस्