डेढ वर्षपछि पोखराबाटै अन्तर्राष्ट्रिय उडान

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिर:धन/नागरिक

पोखरा - पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने चाहना डेढ वर्षपछि पूरा हुँदै छ। २०७८ वैशाखदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइट अपरेसन सुरु गरिने छ। एक वर्षभित्रमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य टुग्याउने योजनासहित काम धामधम भइरहेको छ। बहुप्रतिक्षित दीर्घकालीन राष्ट्रिय योजनाका रुपमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सन् २०२० डिसेम्बरभित्रमा (२०७७ मंसिरसम्म) सबै काम टुंग्याएर केही रयलपयल काम सकेर फ्लाइट अपरेसन सुरु गरिने विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए।

 

प्रकाशित मिति: : 2019-11-11 08:57:09

प्रतिकृया दिनुहोस्