नेपाल एयरलाइन्सलाई चीनको अघोषित नाकाबन्दी

काठमाडौं, कात्तिक १९ : गत महिना नेपाल भ्रमणमा आएका चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँग सबै प्रकारका मार्ग खुल्ला गरेर विकासमा सघाउने घोषणा गरेका थिए। राष्ट्रपति सीले नेपाललाई ‘ल्यान्डलक्ड’बाट ‘ल्यान्डलिंक कन्ट्री’का रुपमा जोड्ने घाेषणाा समेत गरेका थिए।

तर, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई ६ वर्षदेखि चीन उडानका लागि अनुमित दिएको छैन। आधा दर्जन चिनियाँ वायुसेवा कम्पनीलेहरुले भने नेपालमा उडान गर्दै आएका छन्। ६ बर्षादेखि अनुमति नपाउनुलाई निगमका अधिकारीहरूले चीनको नाकाबन्दीका रुपमा लिएका छन्।

चीनबाट ६ वटा एयरलाइन्सले काठमाडौं उडान गरिरहँदा निगमलाई भने ६ वर्षदेखि प्रक्रियामै अल्झाएर राखेको छ। जसका कारण चीनबाट नेपाल आउन चाहाने पर्यटकले महंगो हवाई भाडा तिर्नु परेकाे छ।

अहिले चिनियाँ एयरलायन्सहरूले मनपरी भाडामा कार्टेलिङ गर्दै आएका छन्। निगमले उडान गर्ने हो भने ग्वान्जाओ २० हजार रुपैयामा पुग्न सकिनेछ। तर, चिनियाँ एयरलाइन्सहरूले ७० हजार रुपैयाँसम्म हवाई भाडा लिँदै आएका छन्।

प्रकाशित मिति: : 2019-11-05 17:17:45

प्रतिकृया दिनुहोस्