एक 'भिआइपी' चोर जो कारमा आउँथे र १० मिनेटमै भ्याउँथे लुटपाट

काठमाडौं : केही समययता पूर्वका झापा, मोरङ, सुनसरी लगायत जिल्लामा चोरीले आतंक मच्चाउने एक भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले भारतीय नागरिक रघुबरप्रसाद साहलाई नियन्त्रणमा लिएको हो।

साहले केही महिनादेखि तीन जिल्लामा रातिको समयमा चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

'हामीले पहिलेदेखि नै निगरानी गरिरहेका थियौं। यसपटक भने समात्न सफल भयौं,' इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापाले भने।

प्रकाशित मिति: : 2019-11-01 19:59:18

प्रतिकृया दिनुहोस्