सर्वोच्चमा भ्रष्टाचार मुद्दा फस्र्योट कछुवा गतिमा: सात वर्षदेखि भ्रष्टाचारको मुद्दा थाती

काठमाडौं । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा पाँच वर्षदेखि फैसला हुन नसकेर थन्किएका छन् । पाँच वर्षभन्दा अघिका भ्रष्टाचारको मुद्दा अझै इजलासमा घुमिरहेको छ । अकूत सम्पति आर्जनदेखि नक्कली शैक्षिक प्रमाणपत्र बनाएर भ्रष्टाचार गरेको मुद्दासहित एक दर्जन मुद्दा सर्वोच्चमा विचाराधीन छन् ।
अदालतमा बर्सेनि भ्रष्टाचारको मुद्दाको चाङ बढे पनि फस्र्योट भने कम मात्रै हुने गरेको छ । अकूत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्का पट्टामा गोलमाल, बैंक घोटालगायत भ्रष्टाचारको मुद्दा फस्र्योट हुन नसकेर थन्किएका छन् ।
प्रधानन्यायाधीशको प्रतिबद्धता कागजमा सीमित
प्र्रधानन्यायाधीश चोलेन्द्र्रशमशेर राणाले पदभार गरेकै दिन भ्रष्टाचार मुद्दामा शून्य सहनशीलता अपनाउने गरेको प्रतिबद्धता पूरा हुन सकेको छैन । १९ पुसमा पदबहाल भएयता उनले भ्रष्टाचार मुद्दाको पेसी तोक्ने गरे पनि स्थगित र हेर्न नभ्याउने सूचीको लामो रेकर्ड छ ।

प्रकाशित मिति: : 2019-10-31 08:09:51

प्रतिकृया दिनुहोस्