काकाको लिङ्ग काटेर हत्या गरेको आरोपमा भतिजा पक्राउ !

पिथौरागढ (भारत) कात्तिक १३ गते । भारतको पिथौरागढमा रोजगारीका लागि गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरेको आरोपमा भारतीय प्रहरीले हत्या भएका मजदुरका भतिजा नाता पर्ने एक नेपालीलाई पक्राउ गरेको छ ।

काकासहित तीन जनाको लिङ्ग काटेर हत्या गरेको आरोपमा पुरचौडी नगरपालिका वडा नम्वर ५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरालाई भारतीय प्रहरीले पक्राउन गरेको हो ।

रोजगारीका लागि पिथौरागढ गएका बैतडी पुरचौंडी गरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, उहाँका सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका वडा नम्बर ४ भटना तडीखेतका काशी बोहराको लिङ्ग काटिएको अवस्थामा कात्तिक १० गते पिथौरागढ जिल्लाको मडधुरा गाउँको एक घरम शव फेला परेको थियो ।

प्रकाशित मिति: : 2019-10-31 07:44:41

प्रतिकृया दिनुहोस्