तीन वर्षे जोलीलाई एक वर्षपछि भए पनि मिल्यो सफलता

काठमाडौं : २०७५ भदौ ४ गते। देशको सबैभन्दा सुरक्षित स्थान सिंहदरबारबाट करिब २ किलोमिटरको दुरीमा रहेको घरभित्र एउटा अप्रत्यासित घटना घट्छ पुग्यो। सुतिरहेकै अवस्थामा एक वृद्धको हत्या भयो। हत्या हुने व्यक्ति सर्वसाधारण थिएनन्। थिए त पूर्वराजदुत केशव झा।

बन्द कोठा भित्र हत्या कसले गर्‍यो? घरभित्र कै सदस्य भित्र शंकाको सुइ तेर्सिएको थियो। झाको शरीरमा आफ्नै भान्छामा प्रयोग गर्ने धारिलो चक्कु प्रहार भएको देखिएको थियो। भान्छाकै चक्कु प्रहार गरिनुले हत्यारालाई घटनास्थलको पूरा जानकारी भएको हुनसक्ने प्रहरीको अनुमान थियो। तर, घटना बन्यो गोलमटोल।

प्रहरीले अनुसन्धानका लागि सहारा लियो कुकुरको। केन्द्रीय कुकुर तालिम केन्द्रबाट नेपाल प्रहरीको तालिम प्राप्त कुकुर झिकाइयो। तीन वर्षीय जोली घटनाको अनुसन्धान गर्न पुग्यो। जोलीको लागि हाइप्रोफाइल मर्डर केस पहिलो घटना थियो।

प्रकाशित मिति: : 2019-10-30 19:47:24

प्रतिकृया दिनुहोस्