म्हः अर्थात् आफ्नै शरीरको पूजा

म्हःपूजा (आत्मपूजा/शरीरपूजा) नेवार समुदायले मात्रै गर्छन्। नेवारीमा ‘म्ह’को अर्थ हुन्छ– शरीर। आफ्नो शरीरलाई पूजा गर्नु नै म्हःपूजा हो।

यो पर्व गोवद्र्धन पूजाको दिन पर्छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इस्वी सम्बत् ८८०) मा नेपाल सम्बत्को सुरुवात् गरेका थिए। म्हःपूजा त्योभन्दा अगाडिदेखि सुरु भएको मानिँदै आएको छ। तिथि/मिति सहितको लिखित इतिहास भने छैन। हिन्दू र बौद्ध दुवै धर्मलाई उत्तिकै महत्व दिने नेवार समुदायले विभिन्न मौलिक पर्व मनाउँदै आएको छ। अन्य नेपालीले दशैं मनाउने बेला नेवार समुदायको मोहनी नखः पर्छ। जसअन्तर्गत कुछिभ्वय (अष्टमी), स्याक्वत्याक्व (नवमी) र चालँ (दशमी) गरी विशेष तीन दिन नेवारहरुले मोहनी नखः मनाउँछन्। त्यस्तै, नेवारहरुले तिहार विशेषतः तीन दिन मनाउँछन्– लक्ष्मीपूजा, म्हःपूजा (गोवद्र्धपूजाको दिन) र किजापूजा (भाइटीकाको दिन)।

प्रकाशित मिति: : 2019-10-28 11:16:16

प्रतिकृया दिनुहोस्