‘अपराध गर्ने उम्कन पाउँदैन’

विराटनगरमा आयोजित शुभकामना कार्यक्रममा सहभागी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता ईश्वर पोखरेललगायत। तस्बिर : चुमन बस्नेत/नागरिक

विराटनगर – कार्यवाहक प्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले कानुनविपरीत काम गर्ने जोसुकै भए पनि कारबाहीको भागिदार हुने बताएका छन्। विराटनगर विमानस्थलमा गौर घटनाबारे पोखरेलले पत्रकारसँग शुक्रबार भने, ‘कानुनभन्दा कोही पनि माथि हुँदैन, त्यसकारण सबैले सोच्नुपर्छ। अपराध गर्ने जोकोही होस्, उम्कन पाउँदैन। त्यसतर्फ सरकार गम्भीर र सचेत छ।’ गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र नेकपा माओवादीबीच झडप हुँदा माओवादीका २७ जना कार्यकर्ताको मृत्यु भएको थियो। यो घटना फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा भएको आरोप छ। यादव अहिले उपप्रधानमन्त्री छन्।

प्रकाशित मिति: : 2019-10-26 07:24:46

प्रतिकृया दिनुहोस्