उपकुलपतिका लागि मागियो वैयक्तिक विवरण

तस्बिरः गोरखापत्र

काठमाडौँ, कात्तिक ७ गते । विश्वविद्यालयका उपकुलपतिका लागि सार्वजनिकरूपमा वैयक्तिक विवरण माग गरिएको छ । विश्वविद्यालयको उपकुलपतिका लागि वैयक्तिक विवरण आह्वान गरी रोष्टर तयार गर्न लागिएको नेपालको विश्वविद्यालयको इतिहासमै पहिलो घटना हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि इच्छुकहरूले सात दिनभित्र वैयक्तिक विवरण पठाउन आह्वान गरेको छ ।

प्रकाशित मिति: : 2019-10-24 07:10:40

प्रतिकृया दिनुहोस्