कश्मीर भिडन्त : पूरा भएन गमिलको त्यो भाकल

तस्बिरः रातोपाटी

बुटवल ।  ‘हे बरै...दशै धाराको नरोए आमा, बाँचे पठाम्ला तस्वीरै खिचेर .. कस्तो लेख्यो नि भावीले, कर्मलिला खै मालुम हजुर...।’ 

यो गीतमा भनिए झैँ मानिसको कर्म लिला कसैलाई थाहा हुँदैन । त्यसमा पनि लडाईंको मैदानमा पुगेको एउटा सिपाहीको भविष्य अनिश्चित हुने नै भयो  ।

पाल्पाको रामपुर नगरपालिका–४, सदावर्त गाउँका २१ वर्षीय गमिलकुमार श्रेष्ठले भारत प्रशासित कश्मीरमा पाकिस्तानले गरेको गोलीबारीमा मरिनुभन्दा ९ दिन अगाडि घरमा फोन गरेर भनेका थिए, ‘बल्ल आज फोन लाग्ने ठाउँमा आएर फोन गर्दैछु । केही आत्तिनुभएको होला, त्यहाँ तपाईंहरुले सुनेजस्तो अवस्था छैन ।’

 

 
प्रकाशित मिति: : 2019-10-23 08:34:33

प्रतिकृया दिनुहोस्