सिंहदरबारको चारै दिशाको प्रबलीकरण : ८ दशमलव ८ रेक्टर स्केलको भूकम्पबाट पनि क्षति नहुने

तस्बिरः राजधानी

काठमाडौं। देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्रको मुख्य भवनको चारै मोहडाको प्रबलीकरण सुरु भएको छ । भूकम्पबाट क्षति भएको सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण गरिएसँगै चारै मोहडाको निर्माण सुरु भएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबारको मुख्य भवनको पूर्व, उत्तर र दक्षिणी भागको मर्मतसम्भार तीव्र रूपमा गर्दै आएकोमा मंगलबारबाट पश्चिम मोहडाको प्रबलीकरण सुरु गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुराताŒिवक महŒव र पहिचान कायम हुनेगरी सिंहदरबारको प्रबलीकरण सुरु गरेको बताए ।

प्रकाशित मिति: : 2019-10-23 08:17:26

प्रतिकृया दिनुहोस्