क्यानभासमा महिलाको कथा खोज्दै एरिना

चित्रकार एरिना ताम्राकार

हरेक अभिभावकको पहिलो रोजाइ हुन्छ, आफ्ना सन्तानको प्रगति । धेरैलाई लाग्छ, आफ्नो सन्तान भविष्यमा डाक्टर, पाइलट, इन्जिनियर बनून् । कतिपय अविभावकचाहिँ आफ्नोभन्दा पनि सन्तानको चाहनालाई ध्यानमा राख्छन् । सन्तानको चाहना पूरा गरिदिन हरसम्भव सहयोग गर्छन् । हो, सन्तानको हर रहर पूरा गरिदिन प्रयास गर्ने अभिभावककै कारण सफल हुनेको सूचीमा पर्छिन्, चित्रकार एरिना ताम्राकार ।

एरिनाका बुबाको पाटनमा भाँडा पसल थियो । जसका कारण सानै उमेरदेखि उनको अधिकांश समय भाँडा पसलमै बित्थ्यो । पसलमा बस्दा उनको मनमा अनेक कुरा खेल्थे । सोच्थिन्– कोही सुकिला–मुकिला, कोही धुस्रेफुस्रे । शहरिया जीवनभन्दा गाउँले जीवन किन कठिन छ ? किन यस्तो हुन्छ ? मानिसबीच दुःख र सुखको खाडल देख्दा उनी भावुक हुन्थिन् ।

प्रकाशित मिति: : 2019-10-19 08:06:16

प्रतिकृया दिनुहोस्