आइभिएफ विधि के हो, कसरी जन्मिन्छ बच्चा?

तस्बिरः सेतोपाटी

सामान्यतया केटी मान्छेमा महिनावारीको बीचको समयमा एउटा अण्डा बन्छ। त्यो अण्डा डिम्बाशयबाट निस्किएर ट्युबमा जान्छ। त्यही बेला यौनसम्पर्क हुँदा योनीबाट विर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ। यसरी ट्युबमा बनेको भ्रूण पछि आएर पाठेघरमा बस्छ। बच्चा बन्ने यो एउटा सामान्य प्रक्रिया हो।

यदि कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आइभिएफ विधि प्रयोग गरिन्छ। बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई आइभिएफ (इनभिट्रो फर्टिलाइजेशन) पद्धति भनिन्छ। सामान्य भाषामा टेष्ट्युब बेबी।

प्रकाशित मिति: : 2019-10-19 07:56:28

प्रतिकृया दिनुहोस्