प्रधानमन्त्री भन्छन्- आँखा खोले देखिन्छ: खै कहाँ छ द्रुत विकास ?

कास्कीको मादी नदीमा अलपत्र परेको पुल। पटकपटक म्याद थपेर बन्न नसकेको यो पुलको केही भाग गत बर्खामा बाढीले बगाएको थियो। फाइल तस्बिर

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दाबी गरे पनि वास्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्। दुईतिहाइको बलियो सरकार गठन भएपछि सर्वसाधारणको जस्तो आशा थियो, त्यसअनुसार सरकारले द्रुत गतिमा काम गर्न सकेको छैन।

पहिलेदेखि नै निर्माणाधीन आयोजनाको गति ओली सरकारका पालामा झनै घटेको छ। विगत  तीन वर्षको तुलनामा यो वर्ष सरकारको पुँजीगत बजेट खर्च सबैभन्दा कम भएबाट पनि काम गराइ मन्द गतिमा भएको पुष्टि हुन्छ। प्रधानमन्त्री ओलीले भने सार्वजनिक रुपमै पटकपटक सरकारले विकास निर्माणमा छलाङ मारेको बताइरहेका छन्।

प्रकाशित मिति: : 2019-10-18 08:58:25

प्रतिकृया दिनुहोस्