८ तलाभन्दा अग्ला भवनमा आगो लागे निभाउने दमकलै छैन !

काठमाडौं, असोज २८ : आइतबार काठमाडौंको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा आगलागी भयो। आगलागिको खबर थाहा पाउने बित्तिकै प्रहरी र सेनाका साथै जुद्ध बारुण यन्त्रलाई दमकलका लागि खवर भयो। खवर पुगेको ४० मिनेटपछि बल्ल दमकल पुग्यो।

 आगालागी भएको ठाउँमा दमकल त पुगे, फेरि अर्को समस्या भयो । पाँच तले भवनको माथिल्लो तलाको आगो निभाउन त्यहाँ आएका दमकलले सकेनन्। अग्लो भवनका लागि दमकलमा जडान गर्ने ‘ल्याडर’ नहुदा केहीबेर अलमल भयो । फेरि बन्दोवस्ती गरेर झण्डै १ घण्टापछि आगो निभाउने सुरु भयो। नियन्त्रणमा लिन ३ घण्टा लाग्यो। 

पाँच तले भवनमा आगो निभाउन नसक्ने दमकलले त्योभन्दा अग्ला काठमाडौंका सयौ नयाँ भवनमा आगो लागे के गर्ने भन्ने कुनै योजना छैन । जुद्ध बारुण यन्त्र र सेनासँग भएका दमकलले ५ तलामाथि आगो लागे निभाउन सक्दैनन् ।

प्रकाशित मिति: : 2019-10-17 18:37:17

प्रतिकृया दिनुहोस्