ईखले बनायो विश्वकै प्रभावशाली महिला

३० असोज, काठमाडौं । ‘फुच्ची केटी ! तिमीले के नै गर्न सक्छौ र…?’

साढे २ वर्षअघिसम्म यस्तै भन्नेहरु अहिले बोनिता शर्मालाई ‘बधाई…तिमी यसको लायक थियौ’ भनिरहेका छन। बोनिता छक्क पर्दै आफैंलाई सोधिरहेकी छिन्, ‘यो कसरी सम्भव भयो ?’ 

बोनिताले जवाफ पाउँछिन्, मिराकल अर्थात चमत्कार भयो । ‘विश्वका प्रभावशाली १०० महिला’ को सूचिमा आफ्नो नाम पर्नुलाई उनी जिन्दगीको सुखद ‘सरप्राइज’ पनि मान्छिन् ।

बुधबार मात्रै ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले समाजमा प्रभाव छोड्न सफल विश्वभरका १०० महिलाको सूची सार्वजनिक गरेको थियो । पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ विधाका १०० महिलाको सूची सार्वजनिक गर्दा बोनितालाई ज्ञानको श्रेणीमा राखिएको थियो ।

यो अनपेक्षित खबरले बोनिताको मुटुको धड्कन बढाउनुको साथै एकछिन दिमाग रन्थन्यायो । दिमाग नरन्थनियोस् पनि कसरी ? आफूले ‘आइडल’ मानेर उनीहरुकै पथ पछ्याइरहेको दुई दर्जनभन्दा बढी महिलाहरुसँगै उनको नाम थियो । उनकाअनुसार सुरूमा एकछिन त विश्वास नै लागेन । विश्वास  नमानेर सुख !  बधाईका सन्देशले मोबाइल बजिरह्यो । दुनियाले पत्याइसकेपछि उनलाई पनि पत्याउन कर लाग्यो ।

प्रकाशित मिति: : 2019-10-17 18:33:02

प्रतिकृया दिनुहोस्