कर्णाली करिडोरले सहजता

कर्णाली करिडोरमा गाडी

मान्म, असोज २९ गते । कर्णाली करिडोरमा गाडी सञ्चालनमा आएपछि यहाँका नागरिकको जीवनयापनमा सहजता आएको छ । कालिकोटको लालिघाटदेखि बाजुरा जिल्लाको ८० किलोमिटर सडकमा सवारीसाधन सञ्चालनमा आएपछि यहाँका नागरिकको जनजीविकामा एकाएक परिर्वतन भएको हो ।
कर्णाली करिडोर निर्माणसँंगै विभिन्न ठाउँमा बजार क्षेत्रको बिस्तार र व्यावसायिक विकास हुँदा आर्थिक रूपमा परिर्वतन भएको हो । कर्णाली करिडोरमा सवारीका साधन चल्न थालेपछि आर्थिक चहलपहल वृद्धि भएको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक चहलपहल बढेको हो । कालिकोटको लालीघाटदेखि बाजुराको धुलाचौरसम्म दर्जनौँ ठाउँमा बजार बिस्तार भएको नागरिक समाजका अगुवा अम्मलराज शाहीले बताउनुभयो ।

प्रकाशित मिति: : 2019-10-16 08:30:09

प्रतिकृया दिनुहोस्