सी-मोदी वार्ताका लागि मामल्लापुरम नै किन रोजियो ?

नयाँ दिल्ली : चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चेन्नईबाट झण्डै ५८ किलोमिटर दक्षिणमा रहेको मामल्लापुरममा शुक्रबार र शनिबार भेटदैछन्। यसलाई अप्रिल २०१८ मा चीनको वुआन सहरमा चिनफिङ र मोदीबीच सम्पन्न अनौपचारिक शिखर वार्ताको दोश्रो श्रृखंलाको रुपमा प्रस्तुत गरिएको छ।

सामान्यतया भारतीय राष्ट्रप्रमुख अथवा सरकार प्रमुखहरूले यस्तो उच्चस्तरीय भेटवार्ता नयाँ दिल्लीमै गर्ने परम्परागत शैली रहेको छ। तर यो शैलीलाई थाती राख्दै यो अनौपचारिक शिखर वार्ता तामिलनाडु राज्यको तटीय सहर मामल्लापुरम (महाबलीपुरम) मा गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति: : 2019-10-11 07:03:27

प्रतिकृया दिनुहोस्