सय करोडमा बन्‍ने ३२ तले गणतान्‍त्रिक टावरमा राजनीतिक बेवास्ता

लामो संघर्षपछि प्राप्त भएको गणतन्त्रलाई स्मरण गर्ने चिनोको रुपमा निर्माण सुरुगरिएको गणतान्त्रिक टेम्के भ्यू टावर ओझेलमा परेको छ। राजनीतिक दलको चुनावी एजेण्डामासमेत नपरेको भ्यू टावर बनाउने विषय पछिल्लो समय ओझेलमा पर्दै गएको छ।

गणतन्त्रको स्मरण स्वरुप निर्माण गर्न सुरु गरिएको ३२ तले टावरको निर्माण कार्य हिजोआज बन्द भएको छ। टावर निर्माणमा राजनीतिक परिस्थिती प्रतिकुल हुने गरेकाले सरकारले पर्याप्त बजेट बिनियोजन गर्न नसक्दा निर्माण ठप्प बनेको हो।

नेपालकै प्रख्यात भोजपुरको टेम्के डाँडामा निर्माण गरिने पर्यटकीय भ्यू टावर निर्माण बन्द हुदाँ प्रदेश नम्बर एक मात्र नभएर सिंगो नेपाल र गणतन्त्रको सम्झनासमेत ओझेलमा परेको स्थानीयको भनाइ छ। राजनीतिक प्रतिसोधका कारण करोडौं लगानीमा बन्‍ने टावर फाउण्डेशन मात्र निर्माण भएर स्थगित भएको स्थानीय नरराज राईले बताए।

प्रकाशित मिति: : 2019-10-10 11:30:06

प्रतिकृया दिनुहोस्