बलिउड हिरोहिरोइनको सन्देश पाएर मख्ख मुस्कान भन्छिन्- म चाँडै निको हुन्छु

कीर्तिपुर अस्पताल, साइमन्स वार्ड, कोठा नम्बर ५। 

ढोकामा सूचना टाँसिएको छ — अनुमतिबिना प्रवेश निषेध। आसपासका अरू कोठामा यस्तो सूचना छैन। यहाँ भने सञ्चारमाध्यम र अरू व्यक्तिहरू तारन्तार भेट्न आउँदा बिरामीलाई 'डिस्टर्ब' भयो भनेर यस्तो सूचना टाँसिएको अस्पतालका नर्सले बताइन्।

हामीले ड्युटीमा खटिएका उनै नर्सलाई सोध्यौं, 'भित्र पनि जान पाइन्नँ?'

'परिवारको सहमति भयो भने पाउनुहुन्छ,' यति भन्दै तिनै नर्सले बिरामीकी आमालाई फोन गरिन्, 'दिदी तपाईंलाई भेट्न मान्छे आउनुभएको छ।'

प्रकाशित मिति: : 2019-10-10 08:47:41

प्रतिकृया दिनुहोस्