मुस्कानको मुहारमा मुस्कान ल्याउनेहरु ….

१९ असोज, काठमाडौं । शहरदेखि गाउँसम्म दशैंले झपक्कै छोपेको छ । विदेशिएकाहरु देश फर्किरहेका छन्, शहरकाहरु गाउँतिर । बालबालिकादेखि वृद्धसम्मलाई ‘दशैं फिभर’ लागेको छ। ‘सपिङ फिभर’ उत्तिकै ।

उज्वल विक्रम थापाको पनि दौडधुप बढेको छ, यतिबेला । तर दौडधुप बजारमा होइन, अस्पतालमा । चाड मनाउन होइन, एसिड आक्रममणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई सहयोग जुटाउन । उज्वल पेसाले व्यावसायी हुन्, उनी आफूलाई ‘पार्ट टाइमर’ अभियन्ता भन्न रुचाउँछन् । पाँच वर्षअघि वसन्तपुरमा एसिड आक्रमणमा परेका सीमा-संगीता हुन् या केही महिनाअघि कालोपुलमा आक्रमणमा परेकी जेनी खड्का । यो वीचमा जे-जति महिला एसिड आक्रमणमा परे, अधिकाशंलाई सहयोग जुटाउन लागिपरेका छन् । र, थापाको अभियानको नारा छ – एसिड आक्रमणकारीलाई जन्मकैद ।

प्रकाशित मिति: : 2019-10-06 21:16:24

प्रतिकृया दिनुहोस्