‘चीनका राष्ट्रपति आउँदा हात थाप्ने होइन’

काठमाडौँ,  असोज १९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ठूलो महŒव राख्ने बताउनुभएको छ । लामो समयपछि हुन लागेको यस खालको उच्चस्तरीय नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध झन् बलियो बनाउने स्पष्ट गर्दै उहाँले भ्रमणमा लेनदेनको कुराभन्दा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो । 
सम्बन्ध बलियो भएपछि लगानी आफँै आउनुका साथै आर्थिक सम्बन्ध पनि अगाडि बढ्ने पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले स्पष्ट पार्नुभयो । नेकपाले चीनका साथै अन्य मुलुकसँग पनि मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको उहाँले बताउनुभयो । चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच भएको अन्तरक्रिया कार्यक्रमबारे राखेको जिज्ञासामा उहाँले कसैको विचार सुन्दैमा त्यही विचार अँगाल्छन् भन्ने होइन, विचार सुन्नुपर्छ तर त्यसलाई कसरी प्रयोगमा ल्याउने, त्यो नेपालीमा भर पर्ने कुरा रहेको टिप्पणी गर्नुभयो । प्रस्तुत छ, चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण, नेपाल–चीन सम्बन्ध लगायतका विषयमा गोरखापत्रले नेकपाका प्रचार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गरेको कुराकानी :

प्रकाशित मिति: : 2019-10-06 06:17:59

प्रतिकृया दिनुहोस्