सडकमै दसैं मनाउनेहरू

स्थान १ः रत्नपार्क बसपार्क

घटस्थापनापछिकोपाँचौं दिनबिहानै रत्नपार्क, बागबजार र जमलवरपर मानिसको भीड बढिसकेको थियो । किनमेल गर्न आउने, घर फर्किन टिकट काट्न जान लागेका र काठमाडौंआसपास घर हुनेहरू शहर आउने बेला यही हो । यसमाथि चाडपर्वको समय भएकाले भीड बढ्नु स्वाभाविकै हो ।

तर रत्नपार्क–व्यवसासी रुटमा गाडी चलाउने विक्रम केसीलाई भने दसैंको उमङ्गले छोएकै छैन । बरु उनी चाडपर्वको समयमा आफ्नो समय कसरी व्यवस्थापन गर्ने भनेर चिन्तित छन् । केसीको घर धादिङस्थित बेनिघाट गाउँपालिकामा पर्छ ।कामको सिलसिलामा अहिले उनी रत्नपार्क–भक्तपुर रुटको माइक्रो बस चलाउँछन् ।

विक्रम मात्र होइन, दसैं तिहारजस्ता ठूला चाडपर्वमा अधिकांश चालक सहचालककका दुःख उस्तै हुन्छन् । विक्रम भन्छन्, ‘चाडपर्व भनेर घर बस्न पनि नपाइने, न कतै घुम्न निस्कन नै पाइन्छ । वर्षभरिमा सबैभन्दा खटेर काम गर्नुपर्ने समय यही त हो ।’

प्रकाशित मिति: : 2019-10-04 22:03:15

प्रतिकृया दिनुहोस्