दुनियाँले मनपराएको गीतले झन्डै फाँसीमा चढाइदियो

कालीप्रसाद रिजाल। तस्बिरः नेपालय

मेरो बाल्यकालताका गीत भनेकै केबल फिल्मी हुन्थे। सब हिन्दी। नेपाली गीत त हुँदै हुँदैन थियो। मैले नेपाली गीत सुनेको धरानका भरियाहरूबाट हो। तिनै भरियाहरूबाट सुनेका लय लिएर मैले लेख्न सुरू गरेको थिएँ। त्यसले मलाई धेरै पुरस्कारहरू दिलायो। 'बालकवि' भनेर सम्बोधन पनि गरिन थाल्यो। मलाई बोकेरै मञ्चमा राखिन्थ्यो जहाँबाट म गीत सुनाउँथेँ।

ममा साहित्यको प्रभाव आमाबाट आएको हो। आमाले गुन्गुनाएका कविताका सर्जकसँग भेट्ने मेरो उत्कट अभिलाषा थियो। त्यो एसएलसी पास भएपछि मात्रै पूरा भयो। २०१३ सालमा मैले एसएलसी पास गरेपछि मेरो काठमाडौं यात्राको बाटो खुल्यो।

 

 
प्रकाशित मिति: : 2019-10-02 07:46:36

प्रतिकृया दिनुहोस्