खुल्लामञ्चसँग जोडिएको सार्वजनिक जग्गा ‘बिक्री’

तस्बिरः अनलाइनखबर

१४ असोज, काठमाडौं । भूमाफियाले खुलामञ्चको सरकारी जग्गा कब्जा गरेर बनाएको सटर भत्काउन डोजर लगाएको पाँच महिना पुग्यो । जनही ६ लाखदेखि ११ लाख रुपैयाँसम्म अग्रिम सलामी लिएर भूमाफियाले ५२ वटा सटर बेचेको समाचार आएपछि जनताले खुलामञ्च खाली गर्न व्यापक दवाव दिएका थिए ।

चौतर्फी दबावपछि त्यहाँ बनाइएका सटरहरू हटाइए । तर, खुलामञ्चसँगै साँध जोडिएको गुठीको जग्गामा भने अहिले पनि भूमाफियाको रजगज चलिरहेको छ । खुलामञ्चबाट उत्तर र रत्नपार्कबाट दक्षिणतर्फ रहेको एक रोपनी भन्दा बढी जग्गा व्यक्तिगत सम्पत्तिसरह प्रयोग भइरहेको तथ्य फेला परेको छ ।

प्रकाशित मिति: : 2019-10-02 00:00:32

प्रतिकृया दिनुहोस्