सभामुखमा फेरि नेम्वाङको सम्भावना, उपसभामुखलाई राजीनामा गराइने

पूर्वसभामुख नेम्वाङ र उपसभामुख तुम्बाहाम्फे । | तस्वीर:फाइल फोटो

काठमाडौं, असोज १४ : बलात्कार आरोपका कारण सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र नयाँ सभामुखको खोजी सुरु भएको छ। दुवै संविधानसभा अध्यक्ष भइसकेका पूर्वसभामुख सुवास नेम्वाङमाथि फेरि सभामुख बन्न दबाब बढेको छ।

अप्ठेरो राजनीतिक समीकरणमा पनि दलहरुबीच कुशलतापूर्वक संवाद गराएर स‌ंविधान निर्माणकाे नेतृत्व गरेका उनी सकारात्मक भाषा र शिष्ट स्वभावको व्यक्तिका रुपमा परिचित छन्। फेरि सभामुख हुने सम्भावनाबारे जिज्ञासा राख्दा उनले घुमाउरो भाषामा जवाफ दिए। उनले यत्ति भने, ‘मेरा केही मान्यता छन्। म त्यसमा अडिग छु। त्यसविपरीत मलाई आएका सबै प्रस्ताव स्वीकारिहाल्छु भन्ने छैन।’

प्रकाशित मिति: : 2019-10-01 23:38:16

प्रतिकृया दिनुहोस्