क्यानले अब नेपालको सबैभन्दा ठूलो लिग आयोजना गर्छ – नवनिर्वाचित अध्यक्ष चन्द

नेपाल क्रिकेट संघ (क्यान)का नवनियुक्त अध्यक्ष चतुरबहादुर चन्द

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को १३ अक्टोबरमा बस्ने बोर्ड बैठकपछि मात्र हामीले औपचारिक काम गर्न पाउने आसा छ। त्यसअघि हामी अनौपचारिक रुपमा क्रिकेट विकासका लागि गृहकार्य थाल्छौं। पहिलो काम नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवाका लागि आइसिसीलाई पत्राचार गर्छौं।

नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं। आइसिसीकै निगरानीमा निर्वाचन भएकाले अब हामी रोडम्याप अनुसार निलम्बनका लागि पत्रचार गर्नेछौं। निलम्बन फुकुवासँगै लामो समयदेखि रोकिएको आइसिसीको अनुदान आउने विश्वास छ।

प्रकाशित मिति: : 2019-09-29 16:33:12

प्रतिकृया दिनुहोस्