चिनियाँ राष्ट्रपति आउँदा के माग्ने ? विज्ञ भन्छन्- माग्ने मात्रै काम नगरौं

अनलाइनखबर

चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबरको तोस्रो सातातिर नेपाल भ्रमणमा आउँदैछन् । २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालमा सरगर्मी बढेको छ।

तर, सरकारीस्तरको तयारी हेर्दा भने भ्रमणबाट नेपालले ठूलै उपलब्धी हात पार्ला भन्ने अहिलेसम्म छाँटकाँट देखिँदैन । भ्रमणमा नेपाल र चीनबीच रेल सम्झौता हुने चर्चा भए पनि नेपालको तर्फबाट ठोस तयारी छैन ।

यसअघि चिनियाँ विदेशमन्त्रीको भ्रमणमा झिनामसिना लेनदेन गरेर आलोचित बनेको सरकार राष्ट्रपतिको भ्रमणमा पनि चुक्न सक्ने पर्याप्त जोखिम छ ।विज्ञहरु भने यो भ्रमणलाई नेपालले जसरी पनि आफ्नो हितमा प्रयोग गर्नुपर्ने बताउँछन् । खासगरी नेपालले चीनसित पूर्वाधार निर्माणको विषयमा ठोस छलफल र सम्झौता गर्नुपर्ने उनीहरुको सुझाव छ ।

प्रकाशित मिति: : 2019-09-28 14:02:37

प्रतिकृया दिनुहोस्