जनकपुरका उदाहरणीय कर्मचारी जसले रोपे १ लाख बिरुवा

तस्बिरः शिलापत्र

विश्वमा जलवायु परिवर्तन र यसको प्रभावबारे बहस भइरहेको छ । जलवायु परिवर्तनसँगै उत्पन्न आर्थिक तथा सामाजिक क्षतिको मूल्यांकन गर्दै बेलैमा सचेतना अपनाउन विज्ञहरूले विश्वका नेताहरूलाई सुझाव दिँदै आएका छन् ।

बढ्दो जनसंख्या र अव्यवस्थित शहरीकरणका कारण सीमित प्राकृतिक स्रोतमाथि अत्यधिक माग बढ्न गई प्राकृतिक पर्यावरणीय चक्रमा आउने गडबडीले विश्व जलवायुको तापमानमा असर परी यसका असरहरू देखिन थालेका छन् । जलवायु परिवर्तनको प्रत्यक्ष असरले बर्सेनि नेपालमा बाढीपहिरो, हावाहुरी, असिना, सुक्खा, खडेरी, तातो हावाको लहरजस्ता घटना बढेका छन् । यस्ता प्राकृतिक प्रकोपले कृषि, जलस्रोत तथा ऊर्जा, जनस्वास्थ्य, वन तथा जैविक विविधतालगायतका क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेका छन् । वर्षा लागेपछि तराईमा आइपर्ने बिपत्तिबारे त हामी सबै ज्ञात नै छौं ।

आज हरेक व्यक्तिले आ–आफ्नो ठाउँबाट जलवायु परिवर्तनबाट हुनसक्ने असर न्यूनीकरणका लागि पहल गर्नुपर्ने बेला आएको छ । कम्तिमा आफू वरिपरिको वातावरणबारे सचेत हुने, वन फडानी र चुरे दोहन रोक्ने, वृक्षरोपण गर्ने कुरामा सबैको ध्यान जाने हो भने आफूसँगै धेरै कुरा जोगाउन सकिन्छ ।

प्रकाशित मिति: : 2019-09-28 00:17:21

प्रतिकृया दिनुहोस्