दरबारमार्गमा ‘दादागिरी’ : सरकारी अनुगमनलाई असहयोग गर्नेमाथि कारवाही !

तस्बिरः लोकान्तर

असोज १०, २०७६

काठमाडौं – २ वर्षअघि सरकारी टोलीले अनुगमन गर्दा दरबारमार्गका व्यापारीले ठगी गरिरहेको देखियो ।

तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वको अनुगमन टोली दरबारमार्ग पुग्दा व्यापारीले उपभोक्ताबाट चर्को मूल्य लिइरहेको पाइयो ।

अन्तर्राष्ट्रिय ब्रान्डका सामान बिक्रेता पसल नाइक, बेन्ट्ले, स्टोरवन र पुमाले उपभोक्ताबाट चर्को मूल्य लिइरहेका थिए । चाडपर्वको सेलमा ५० प्रतिशत छूट अफर भनिएपनि खरिद मूल्यभन्दा कयौं गुणा बढीसम्म मूल्य लिएका थिए ।

जस्तैः–

– पुमा र बेन्ट्लेले २ हजार ६ सय रुपैयाँमा खरिद गरिएको जुत्ताको मूल्य २६ हजार कायम गरेर ५० प्रतिशत छूट दिइरहेका थिए ।

– १ सय रुपैयाँमा खरिद गरिएका मोजाको मूल्य २ हजार ४ सय रुपैयाँसम्म तोकेर ५० प्रतिशत छूट दिइरहेका थिए ।

प्रकाशित मिति: : 2019-09-28 00:14:18

प्रतिकृया दिनुहोस्