नौबिसे–नागढुङ्गा सडकको अवस्था दर्दनाक : साँघुरो सडकमा जताततै खाल्डाखुल्डी (भिडियो)

तस्बिरः रातोपाटी

काठमाडौँ । पृथ्वीराजमार्गस्थित नौबिसे–नागढुङ्गाको दुरी १४ किलोमिटर छ । प्रहरीका अनुसार उक्त सडकमा दैनिक करिब ३० हजारको हाराहारीमा सवारी साधन राजधानी भित्रिने र बाहिरिने गर्छन् । पछिल्लो ४ दिनदेखि उक्त ठाउँमा जाम यति भयानक छ कि नौबिसेबाट काठमाडौँ आइपुग्न घण्टौं लाग्ने गरेको छ । दसैँको मुखमा यात्रुहरु घण्टौँसम्म जाममा फसेका छन् । जामको कारण यात्रुदेखि प्रहरीसम्म दिक्क भइसकेका छन् ।

जो कोही पनि त्यहाँ पुग्दा देशमा सरकार छ र भन्दै आफैले आफैलाई प्रश्न गर्छन् ? कारण – सडकमा जताततै खाल्डाखुल्डी, पानी जमेको, हिल्लामे मात्रै देख्न सकिन्छ ।

प्रहरीलाई १४ किलोमिटरको बाटोमा कम्ता सास्ती छैन । नागढुङ्गाबाट खटिएका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काको टोलीले करिव दुईकिलो मिटर सिस्नेखोलासम्म र इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्का आफै खत्रीपौवासम्मको बाटो खुलाउन खटिएका छन् । तर जाम एक प्रतिशत घट्दैन ।

 

 
प्रकाशित मिति: : 2019-09-27 23:56:53

प्रतिकृया दिनुहोस्