कर्णालीका ‘अबुझ’ मन्त्री र सांसद : पोशाक अनुशासन बुझ्दैनन्, कारवाही हुँदैन !

तस्बिरः लोकान्तर

असोज ९, २०७६

सुर्खेत – कर्णाली प्रदेशसभा सांसदले पोशाक लगाउनुपर्ने नियम बनाए तर त्यो नियम आफैं पालन गर्दैनन् ।

प्रदेश सभाले अनुमोदन गरेको संसद नियमावलीमा पोशाक लगाउनुपर्ने प्रस्ट उल्लेख छ तर सांसद ‘हाफ टिसर्ट’ लगाएर सदनमा आउँछन् ।

नियमावलीमा सांसदलाई आकाशे निलो रंगको कोट अनिवार्य गरिएको छ । महिलाको हकमा कोट र सारी तथा पुरुषको हकमा दौरा सुरुवाल लगाउने व्यवस्था छ । 

असोज ८ गते दिउँसो साढे ३ बजेको बैठकमा ३१ जना उपस्थित भए । सभामुखसहित ४० सदस्यीय प्रदेश सभामा ३१ जनाको सहभागिता रहँदा २४ जना सांसद गैरपोशाकमा सदनमा उपस्थित भए ।

प्रकाशित मिति: : 2019-09-26 14:56:01

प्रतिकृया दिनुहोस्