नागढुंगा–सिस्नेखोला सुरुङ : ४२ महिनाभित्र निर्माण गर्ने सम्झौता

तस्बिरः नयाँ पत्रिका

४ दशमलव ५१ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । ४२ महिनामा काम सक्ने गरी जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले सुरुङमार्गको ठेक्का लिएको छ । सडक विभागअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापा र कम्पनीका प्रतिनिधिबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको हो । 

सडक विभागका अनुसार सुरुङमार्ग 
निर्माणका लागि चीन, भारत, टर्की, कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा आन्दो कर्पोरेसनले निर्माणको जिम्मा पाएको थियो । सडक विभाग वैदेशिक महाशाखाका प्रमुख थापाले सहभागीमध्ये हाज्माको ठेक्का रकम कम भएको जानकारी दिए । 

प्रकाशित मिति: : 2019-09-24 06:56:05

प्रतिकृया दिनुहोस्