बढी शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई एक महिनाको अल्टिमेटम

तस्बिरः अनलाइनखबर

६ असोज, काठमाडौं । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई रकम फिर्ता गर्न एक महिने अल्टिमेटम दिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच भएको संयुक्त बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क एक महिनाभित्र फिर्ता नगरे कारबाही प्रक्रिया समेत अघि बढाउने निर्णय गरेको हो ।

छलफलमा सहभागी एक अधिकारीका अनुसार सरकारको आह्वान अटेरी गरे मुलुकी अपराध संहिताको ठगी सम्बन्धी कसूर र चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम कारबाही अघि बढाउने निर्णय भएको छ ।

 

प्रकाशित मिति: : 2019-09-23 19:11:11

प्रतिकृया दिनुहोस्