त्यसपछि जन्मियो ‘नाच फिरिरी’

तस्बिरः शिलापत्र

असारे महिना सिमसिमे पानी परिहरेको छ नि
तिमीलाई भेट्न भनेर छाता ओडेर आको सानी
हावा चल्यो सिरिरी आँतै जिरिरी
म बजाउँछु मुरली तिरिरी तिमी नाच फिरिरी ...।

यो चर्चित गीतका गायक हुन्, महेश काफ्ले । यो गीत उनकै शब्द तथा संगीतमा तयार भएको हो । नेपाली सांगीतिक आकाशका उदाउँदा तारा । गायक भोजराज काफ्लेका छोरा हुन्, महेश । तर, ‘भोजराजको छोरा’ भन्दा पनि महेश काफ्ले भन्ने नामलाई नै ब्राण्डिङ गर्न संघर्षरत छन्, उनी । उनका बुबा भोजराज लोक गीतसंगीतमा कहलिएका कलाकार हुन् । ‘रेडियोमा आफ्नै बुबाको गीत बज्थ्यो । बुबाको गीत सुन्दा आफूले पनि कहिले यस्तै गीत गाउनु होला भन्ने लाग्थ्यो’, उनले विगत सम्झिए ।

प्रकाशित मिति: : 2019-09-22 14:09:01

प्रतिकृया दिनुहोस्