तल्ला तहका सैनिकको गुनासो सुनुवाइ, मिसनमा जाने सैनिकको तलब बढ्यो

काठमाडौं।  नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ ।  तल्ला तहका सिपाहीसहित अधिकृतहरूबाट गुनासो आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाइ गर्दै मिसनमा सहभागी हुने सैनिकको भत्ता बढाउने निर्णय गरेका हुन् । थापाको अध्यक्षतामा सोमबार सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले प्रतिव्यक्ति तलबमा ८५ अमेरिकी डलर (करिब ९ हजार पाँच सय रुपैयाँ) थप गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: : 2019-09-18 07:05:55

प्रतिकृया दिनुहोस्