३९ वटै सडकको कालोपत्रे काम नलाग्ने

तस्बिरः नेपाल समाचारपत्र

घोराही, दाङ। दाङको घोराही उपमहानगरपालिकाभित्र गरिएको  सडक रिसिलिङ र कालोपत्रे  गुणस्तरहीन रहे को  तथ्य खुलेको छ। उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण सडक गुणस्तरहीन बन्न पुगेको उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले जनाएको छ। रिसिलिङका लागि कुल १ करोड २१ लाख ४२ हजार ८ सय ५७ रुपियाँको बजेट भए पनि कबोल सम्झौता ७५ लाख ७ हजार १ सय ५० रुपियाँमा भएको पाइएको छ।

२०७५ चैत १३ गते वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। चैतमा सम्झौता भए पनि कम्पनीले २०७६ जेठ २० बाट काम शुरू गरेको थियो। सडक गुणस्तहीन भएको  भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि उपमहानगरपालिकाको  असार २२ गतेको  कार्यपालिका बैठकले  छानबिन समिति गठन गरे को  थियो । समितिले  प्रदे श पूर्वाधार कार्यालयको  प्राविधिक सहयोगमा लामो  समय लगाएर गरे को  अध्ययनले  रिसिलिङ र कालो पत्रे  गरिएका सबै सडक गुणस्तरहीन रहे को  दे खाएको  हो। ६.३० किमि सडक कालोपत्रे गर्नुपर्नेमा २.८३ किमिमै कालोपत्रे कार्य रोकेको र काम गर्न नसकेकाले भुक्तानी रोकेको उपमहानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2019-09-17 07:07:09

प्रतिकृया दिनुहोस्