धमाधम जंगल बाँड्दै सरकार

तस्बिरः नेपाल न्यूज

करिब २५ लाख रुख काटेर निजगढ अन्र्तराष्ट्रिय विमानस्थल बनाउने सरकारी निर्णयको विवाद सेलाएको छैन। विमानस्थल बनाउनेभन्दा पनि यहाँ ‘जंगल मास्ने’ नियतको विरोध भएको थियो। यो विरोध सेलाउन नपाउँदै मन्त्रिपरिषद्को गत भदौ २२ गते बसेको बैठकले दाङका दुई सिमेन्ट उद्योगलाई ‘चुन ढुङ्गा’ उत्खनन्का लागि १० र १५ वर्षका लागि जंगल सुम्पेको छ।

शुभश्री अग्नी सिमेन्ट कम्पनीलाई दाङकै सिरानमा रहेको बंगलाचुली गाउँपालिका तिमिलेमा रहेको ३ दशमलव ९३५ हेक्टर वनक्षेत्र सरकारले १० वर्षका लागि दिएको छ। यो कम्पनीले सिमेन्टका लागि चाहिने चुनढुङ्गा अब यही जंगलबाट उत्खनन् गर्नेछ। त्यस्तै दाङकै सम्राट सिमेन्ट कम्पनीलाई पनि सरकारले सोही गाउँपालिका– ३ मा पर्ने थारागाउँमा रहेको ५ हेक्टर जंगल चुन ढुङ्गा निकाल्नका लागि १५ वर्षसम्म प्रयोग गर्ने अनुमति थमाएको छ। यद्यपि, यी सिमेन्ट उद्योगले सरकारीे अनुमतिभन्दा वर्षदिन अघिदेखि नै त्यहाँबाट उत्खनन् सुरु गरिसकेका थिए। यो क्षेत्रमा विभिन्न सामुदायिक र राष्ट्रिय वन छन्।

प्रकाशित मिति: : 2019-09-16 07:31:05

प्रतिकृया दिनुहोस्