विद्युत प्राधिकरणमा कुलमानका तीन वर्ष, उज्यालो नेपाल अभियानका पर्याय

तस्बिरः नेपाललाइभ

काठमाडौं- नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशकको भूमिका पाएको आइतबार तीन वर्ष पूरा भएको छ। २०७२ भदौ २९ गतेको मन्त्रिपरिषद् बैंठकले घिसिङलाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय गरेको थियो।चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक रहेका घिसिङलाई सन्तोषजनक काम नगरेको भन्दै प्राधिकरणको तत्कालीन सञ्चालक समितिले फिर्ता बोलाएर कामविहीन अवस्थामा राखेको थियो। 

 तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेले राजिनामा दिएपछि प्राधिकरणको जिम्मा घिसिङलाई दिइएको थियो। तिनै घिसिङले पछिल्लो तीन वर्षमा नेपाललाई लोडसेडिङबाट मुक्ति मात्र दिएनन्, कैयौंका लागि प्रेरणाका पात्र बने। सरकारी कामको प्रभावकारिताको मापन गर्दा अहिले घिसिङको नाम अग्रस्थानमा आउँछ। केही वर्षअघि मुलुककै समस्या बनेको लोडसेडिङ अहिले हटेको छ। प्राधिकरणले उत्पादन, प्रशारण, वितरण तथा विद्युत बजार विस्तारमा पनि उल्लेख्य उपलब्धि हासिल गरिरहेको छ। तीन वर्ष अघिसम्म वार्षिक अर्बौं रुपैयाँ बराबरको  नोक्सानी व्यहोरिरहेको प्राधिकरण अहिले नाफा कमाउन थालिसकेको छ। चुहावट नियन्त्रणमा प्राधिकरणले फड्को मारेको छ। 

 

 

प्रकाशित मिति: : 2019-09-15 07:06:09

प्रतिकृया दिनुहोस्