चिनियाँ विदेशमन्त्री वाङ यी'को भ्रमणः झस्किएको भारत, उपयोग गर्न चुकेको नेपाल

सिचुवान : जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। नेपालको तीनदिने भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री काठमाडौंमा रहँदै गर्दा भारतीय सक्रियता पनि बढ्यो। जब जब नेपालमा चिनियाँ चासो र सक्रियता बढ्छ, तब तब दक्षिणको पनि चिन्ता र चासोसँगै सक्रियतासमेत बढ्ने गरेको छ।

यसपटक पनि त्यस्तै भयो। भारतले लगाएको नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थको हाहाकार भएको र चीनबाट पेट्रोलियम पदार्थको आयात भएको तितो यथार्थलाई हामीले भुल्यौँ। र भारतले अमलेखगन्जसम्म विस्तार गरेको पेट्रोलियम पाइपलाइन हेरेर दंग पर्दै हर्ष मनायौँ।

हरेक पटक चीनले नेपालमा सहयोगी हात अघि बढाउने प्रयास  गर्दा भारतले सधैं उछिन्ने कोशिश गर्दै आएको छ। त्यस्तै भयो यसपटक पनि।

प्रकाशित मिति: : 2019-09-11 12:31:44

प्रतिकृया दिनुहोस्